“बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न”

7.85K
shares

काठमाडौ । दक्षिण एशियाली कराते महासंघ (SAKF) को क्यालेण्डर अनुसार २०८० मङ्सिर १२ गतेदेखि १८ गतेसम्म नेपालमा आयोजना भएको “7th Asian Karate Championship-2023” मा नेपाल प्रहरीको तर्फबाट सहभागी भई ९ स्वर्ण, २ रजत र १ कास्य गरी कुल १२ पदक प्राप्त गर्न सफल नेपाल प्रहरीका कराते खेलाडी तथा प्रशिक्षकहरुलाई आज २०८० मङ्सिर १९ गते रा.प्र.प्र.प्र.प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्र.अ.म.नि सन्दिप भण्डारीले एक कार्यक्रमका बीच सम्मान गर्नु भयो ।

उक्त कार्यक्रममा बधाई ज्ञापनका क्रममा प्रमुख अतिथिले नेपाल प्रहरीका खेलाडीहरुले प्राप्त गरेको सफलतालाई स्मरण गर्दै भर्खरै सम्पन्न १९ औं एशियन गेम्समा सहभागी भई उच्च प्रदर्शन गर्न सफल नेपाल प्रहरीका खेलाडीहरु कराते खेलाडी एरिका गुरुङ, कबड्डी खेलाडी प्र.स.ह. त्रय नितु गरुङ, मानमति विष्ट, अर्पणा चौधरी तथा क्रिकेट खेलाडी प्र.स.ह. दिपेन्द्र सिंह ऐरी लगायतका खेलाडीहरुको प्रदर्शनले संगठन र राष्ट्रको गरिमा बढाएको विषय औंल्याउनुका साथै आगामी दिनहरुमा खेलाडीहरुको उच्च प्रदर्शनको अपेक्षा सहित उज्ज्वल भविष्यको कामना समेत गर्नु भयो ।

साथै उक्त कार्यक्रममा मित्र राष्ट्र यु.ए.ई. मा सञ्चालन हुने U19 Asia Cup क्रिकेट नेपाली राष्ट्रिय क्रिकेट टिममा सहभागी नेपाल प्रहरीका करार खेलाडी गुल्सन कुमार झालाई प्रतियोगितामा उच्च प्रदर्शनको लागि शुभकामना समेत व्यक्त गर्नु भयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083