लैंगिक हिंसाको वर्तमान अवस्था र लैंगिक हिंसा नियन्त्रणमा सञ्जालको प्रभावकारिता बिषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

4.49K
shares
काठमाण्डौ ।   आज काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको रानीहलमा यस कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा लैंगिक हिंसाको वर्तमान अवस्था र लैंगिक हिंसा नियन्त्रणमा सञ्जालको प्रभावकारिता बिषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
हरेक वर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० तदनुसार (मंसिर ९ देखि २४) गतेसम्म अन्तरराष्ट्रिय अभियानको रुपमा मनाउने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान “लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानिको ऐक्यबद्वता” भन्ने नाराका साथ मनाइएको यस वर्षको अभियान अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।
यस उपत्यका प्रहरी कार्यालय महिला तथा वालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका शाखा प्रमुख प्रहरी नायव उपरीक्षक कोपिला चुडालले लैंगिक हिंसाको वर्तमान अवस्था र चुनौतिहरु सम्बन्धमा प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा काठमाण्डौ उपत्यकाको तीनवटै जिल्लाको प्रतिनिधित्व गर्दै लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति काठमाण्डौका कोषाध्क्ष रशना ढकालले सञ्जालको गठन, उद्देश्य, प्रभावकारिता र वर्तमान अवस्थाको विषयमा आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले आफ्नो जिज्ञासा तथा राय सुझाव राख्नु भएको थियो ।
May be an image of 3 people and text
कार्यक्रममा उठेका जिज्ञासा तथा राय सुझावलाई सम्बोधन गर्नु हुँदै काठमाण्डौ उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले सामाजिक तथा मानवीय कार्य लैंगिक हिंसा विरुद्वको अभियानमा लाग्ने सम्पूर्ण महानुभाव, सञ्जालमा संलग्न संघ संस्थाहरुलाई धन्यवाद व्यक्त गर्दै नागरिक तथा सामाजिक संघ, संस्थाका प्रतिनिधिहरू पनि विना वर्दीका प्रहरी भएकाले सञ्जालको सक्रियतामा नेपाल प्रहरीले समन्वयात्मक तवरले सहकार्य गर्ने तथा अगामी दिनका चुनौतीहरूलाई मध्यनजर गर्दै ३६५ दिन नै अभियानको रुपमा मनाउने बताउनु भयो । उहाँले समायानुकुल ऐन, कानून तथा नियमावलीमा परिमार्जन गर्नका लागि समेत भूमिका निर्वाह गर्ने प्रतिवद्वता व्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरु, लैंगिक हिंसा नियन्त्रण सञ्जालमा आवद्व विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
May be an image of 3 people and text
May be an image of 12 people
May be an image of 12 people, crowd and text
May be an image of 12 people, dais and text

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083