माओवादी केन्द्र कामनपा वडा नम्बर ७ अभियानले सरसफाई कार्यक्रम गर्दै
वि.सं.२०८० मंसिर १९ मंगलवार १८:१०
3.73K
shares
shares

काठमाडौ । ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ नेकपा (माओवादी केन्द्र) काठमाडौ महानगरपालिका वडा नम्बर ७ अभियानले सरसफाई कार्यक्रम गर्ने भएको छ ।
‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को आयोजनामा नियमित कार्यक्रम अन्तर्गत नै चावहिल गणेशथान मन्दिर परिसरमा सरसफाई गर्न लागेको हो ।
यही मङ्सिर २३ गते शनिवार विहान ७:३० मन्दिर परिसरमा सरसफाई कार्यक्रम गर्न लागेको वडा नम्बर ७ का अभियान संयोजक ईन्द्र भुषालले बताए ।
अभियानलाई निरन्तरता दिदै काठमाडौ महानगरपालिका वडा नम्बर ७ को अभियान पनि सक्रिय ढङ्गबाट अगाडि बढि रहेको छ ।






























