सेवा निवृत भई अवकाशमा जाने प्रहरी कर्मचारीहरुको लागि व्यवसाय तथा उद्यम सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

4.52K
shares

प्युठान । जिल्ला प्रहरी कार्यालय प्युठानमा सेवा निवृत्त प्रहरी कर्मचारी लक्षित एक दिवसीय कार्यशाला गोष्ठी आइतबार सम्पन्न भएको छ । उक्त कार्यालय तथा मातहत समेतबाट आगामी १ वर्षभित्र सेवा निवृत्त भई अवकाशमा जाने कर्मचारीहरूको लागि व्यवसाय तथा उद्यम सम्बन्धी गोष्ठी आयोजना गरिएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापाले अवकाश पछिका दिनहरूमा सकृय र स्वस्थ जीवन बिताउन गोष्ठीमा भएका छलफल र निष्कर्षले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । साथै राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय खलंगाका निमित्त प्रमुख दिल बहादुर चौधरीले अवकाश प्राप्त प्रहरी कर्मचारीलाई व्यापार व्यवसाय गर्दा राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराउने कर्जा र सेवाबारे जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला घरेलु तथा साना उद्योग कार्यालय प्युठानका प्रमुख सरोज भण्डारी, डिभिजन वन कार्यालय प्युठानका प्रतिनिधि तथा कर्मचारी मिलन केन्द्र प्युठानका अध्यक्ष हरि प्रसाद पौडेल, प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई प्युठानका कार्यालय प्रमुख चुमानसिंह गिरी, एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्युठानका कर्मचारी समेतले जानकारीमूलक प्रशिक्षण प्रदान गर्नुका साथै सहभागीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय प्युठानको आयोजना तथा कर्मचारी मिलन केन्द्र प्युठानको समन्वय र सहकार्यमा जिल्ला प्रहरी कार्यालय प्युठानको तालिम हलमा उक्त कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।


divya collage
unigloble collage