सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा एसटिएफ तालिम सम्पन्न
वि.सं.२०८० मंसिर २१ बिहीवार ११:५०
4.04K
shares
shares

काठमाडौ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा मंसिर २०
गते सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा संचालित स्पेशल टास्क फोर्स (एसटिएफ) तालिम सम्पन्न भएको छ ।
महानिरीक्षक अर्यालले तालिम शिक्षालयमा आयोजित समापन समारोहमा तालिममा सर्वप्रथम भएका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक विजय कुँवरलाई पुरस्कार प्रदान गर्नुकासाथै सफलतापूर्वक तालिम हासिल गरेका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गर्नुभएको थियो ।






























