लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत प्रभात फेरी तथा सचेतनामुलक कार्यक्रम सम्पन्न

4.76K
shares
काठमाण्डौ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा तथा विकाश समाज, कोटेश्वर, प्रहरी वृत्त नयाँ बानेश्वर, काठमाण्डौ महानहरपालिका वडा नं. ३२ तथा सुभ अवसर ग्राम नेपाल सयुत्त आयोजनामा लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत प्रभात फेरी तथा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
हरेक वर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० तदनुसार (मंसिर ९ देखि २४) गतेसम्म अन्तरराष्ट्रिय अभियानको रुपमा मनाउने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान “लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानिको ऐक्यबद्वता” भन्ने नाराका साथ मनाइएको यस वर्षको अभियान अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले नेपाल प्रहरी वर्षमा १६ दिन मात्र नभएर ३६५ दिन नै अभियानको रुपमा लागेको साथै राज्य नै लैंगिक हिंसाको सवालमा संभेदनसिल भई लागेकाले कुनै पनि पिडा तथा हिंसामा परेका महिला,पुरुष तथा लैंगिक अल्पसंख्यक खुलेर आफ्नो हिंसा कानुनी दायरामा ल्याउन आह्वान गर्नुभयो । साथै उहाँले समायानुकुल ऐन, कानून तथा नियमावलीमा परिमार्जन गर्नका लागि समेत भूमिका निर्वाह गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
May be an image of 4 people, speaker and dais
कोटेश्वर चोकबाट सेती ओपी मार्ग हुदै महादेव स्थान कोटेश्वरमा समापन भएको प्रभात फेरी कार्यक्रम पश्चात सामुदायिक सेवा तथा विकाश समाज, कोटेश्वरका कार्य बाहक अध्यक्ष रविन्द्र थापा सभापति रहेको सचेतनामुलक कार्यक्रममा बाग्मती प्रदेश सभाका सांसद सुनिल के.सी., बाग्मती प्रदेश सभाका सांसद  सोना परियार, जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी बरीष्ठ उपरीक्षक भुपेन्द्र खत्री , प्रहरी वृत्त नयाँ बानेश्वरका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीको सहभागिता रहेको थियो ।
त्यसै गरी उक्त कार्यक्रममा पूर्व प्रहरी कर्मचारीहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू,कोटेश्वर समाज सुधार युवा कल्बका पदाधिकारीहरू, कोटेश्वर महादेव क्षेत्र विकाश तथा व्यवस्थापन समाजका पदाधिकारीहरू, विद्यार्थीहरु, र स्थानीय भद्र भलादमीहरू लगायत अं. ५०० जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
May be an image of 6 people, dais and text
May be an image of 6 people and text
May be an image of 3 people, crowd and text
May be an image of 6 people and text
May be an image of one or more people, temple and dais
May be an image of 5 people, temple and text
May be an image of 5 people, temple and text
May be an image of 4 people, dais and text

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083