भ्रष्टाचार नियन्त्रणका लागि भएका प्रयास पूर्ण भएन : प्रधानमन्त्री दाहाल

6.06K
shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि भएका प्रयास पूर्ण नभएको बताएका छन् ।

भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस, २०८० को अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने बताए ।

भ्रष्टाचारका कारण पहिचान गरेर त्यसको अन्त्यका लागि राज्यका सबै संयन्त्रहरूले काम गर्नुपर्नेमा उनको जोड छ ।

May be an image of 15 people, dais and text that says '3 अखितियार दुरुपयोग अनुसन्धान आयोग WorldAgainstCo INTERNATIONAL ORRUPTION DAY December अखितयार दरुपयोंग अनसन्धान आयोग'

वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको उनले बताए । भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्य तथा सहयोगमा निवारण गर्ने कार्यमा सरकार प्रयत्नशील रहेको उनको भनाइ छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083