तीन दिवशीय लैंगिक संवेदनशिल अनुसन्धान बिषयक तालिम समापन कार्यक्रम सम्पन्न
वि.सं.२०८० मंसिर २६ मंगलवार २०:४३
shares

काठमाण्डौ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा यस कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा तीन दिवशीय लैंगिक संवेदनशिल अनुसन्धान बिषयक तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।
उपत्यका प्रहरी कार्यालय तथा मातहतका महिला तथा वालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र तथा अपराध अनुसन्धान शाखामा कार्यरत ३५ जना कर्मचारीलाई उक्त अनुशिक्षण तालिम प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै काठमाण्डौ उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले लैंगिक हिंसा विरुद्वको अन्तराष्ट्रिय १६ दिने अभियानको समापन पश्चात नेपाल प्रहरीको कार्य प्रकृति तथा अगामी दिनका चुनौतीहरूलाई मध्यनजर गर्दै यस अनुशिक्षण तालिम प्रदान गरिएको बताउनुभयो ।
उहाँले यस्ता अनुशिक्षण तालिमले प्रहरी कर्मचारीमा क्षमतामा अभिवृद्धि गर्ने तथा सिकेको शिपलाई लागु गर्दा व्यवसायिक कौशलता समेत प्रस्तुत हुने विश्वास व्यक्त गर्नुभयो । साथै व्यवसायिक कार्य गर्दा इमानदारिताका साथ कार्य गर्न तथा हिंसामा परेका पिडीत, लैंगिक अल्पसंख्यक र फरक क्षमता भएका व्यत्तिहरूसँग समान पूर्वक व्यवहार गर्न समेत निर्देशन दिनुभयो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरु, तालिनमा सहभागी प्रशिक्षार्थी प्रहरी कर्मचारीहरु तथा अन्य प्रहरी कर्मचारीको समेत उपस्थिति रहेको थियो ।






























