प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

4.39K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएकाे छ ।

पर्सा जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन भएको “Pro Club Championship 2023” मा च्याम्पियन बन्न सफल नेपाल प्रहरी क्रिकेट टिम लगायत नेपाल प्रहरी खेलकुद समिति अन्तर्गत रहेका एथ्लेटिक्स, व्याडमिण्टन तथा महिला भलिबल खेलहरुको भर्खरै सम्पन्न विभिन्न प्रतियोगिताहरुमा विजयी हुन सफल खेलाडी तथा अफिसियलहरुलाई अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीद्वारा एक कार्यक्रमबीच बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रममा बधाई ज्ञापन गर्नु हुँदै प्रमुख अतिथिज्यूले नेपाल प्रहरी खेलकुदले पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत उच्च प्रदर्शन गरेको विषयलाई औंल्याउदै खेल जिवनले मानिसलाई अनुशासित र मर्यादित बनाउनुका साथ साथै शारिरिक र मानसिक रूपले सकारात्मक दिशातर्फ मार्गदर्शन गर्ने कुरा उल्लेख गर्नु भयो ।

देशमा रहेका कतिपय युवा जनशक्तिहरू लागु औषधजस्तो कुलतमा लाग्ने गरेकोमा, त्यस्ता युवाहरूलाई खेल जगतमा आवद्द गराउन अभिप्रेरित गर्दै संगठन र राष्ट्रको गरिमा बढाउन पनि नेपाल प्रहरी खेलकुदले महत्वपूर्ण भुमिका निर्वाह गर्नु पर्ने कुरालाई समेत जोड दिनु भएको थियो ।

उक्त कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्र.ब.उ. दिपेन्द्र जि.सी. लगायत सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कार्मचारीहरूको उपस्थिति रहेको थियो ।