“अपराध अनुसन्धान (सि.प्र.अ.) तालिम” ९५ औं समूहको अन्तरक्रिया तथा दीक्षान्त कार्यक्रम सम्पन्न
वि.सं.२०८० पुस १८ बुधवार ०९:११
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यता “अपराध अनुसन्धान (सि.प्र.अ.) तालिम” ९५ औं समूहको अन्तरक्रिया तथा दीक्षान्त कार्यक्रम सम्पन्न भएकाे छ।
२०८०।०८।०४ गतेदेखि नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगंजमा संचालन भएको “अपराध अनुसन्धान (सि.प्र.अ.) तालिम” ९५ औं समूहको अन्तरक्रिया तथा दीक्षान्त समारोह पाैष १७ गते सम्पन्न भएकाे हाे ।
कार्यक्रममा प्रमुख अतिथिबाट दीक्षीत भई जाने २ जना महिला प्रहरी अधिकृत सहित प्र.ना.उ. २ र प्र.नि.२२ जना गरी जम्मा २४ जना प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै कार्यक्षेत्रमा सफलताको शुभकामना समेत दिनु भएको थियो ।
प्रशिक्षार्थीहरू सँगको अन्तरक्रियामा अनुसन्धानको क्षेत्रसँग सम्बन्धित उठेका जिज्ञासा, कार्यक्षेत्रमा आईपर्ने समस्या तथा चुनौतीहरुको सम्बोधनको क्रममा तालिममा सिकेका ज्ञान र सीपहरुलाई कार्यक्षेत्रमा निडरताका साथ आदेशको पालना एंव कानुन बमोजिमका कार्य गर्न गराउन समेत निर्देशन दिनुभएको थियो ।
साथै, उक्त कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्र.ब.उ. दिपेन्द्र जि.सी. लगायत अन्य सिनियर प्रहरी अधिकृतज्यूहरुको उपस्थिति रहेको थियो भने तालिम संयोजक प्र.ना.उ. सुर्य बहादुर बोगटीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।































