कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षकको विदाइ तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौ । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालको विदाइ तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न भएकाे छ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्साल काठमाण्डौको निर्णयले कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतबाट  नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, नक्साल काठमाण्डौमा सरुवा भएका हुन् ।

प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाललाई प्रहरी वरिष्ठ उपरीक्षक सुशील सिंह राठौर, सन्जिव शर्मा दास र बीर बहादुर ओलीले मायाको चिनो प्रदान गर्नु भएकाे थियाे ।

उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक,मातहत जिल्लाका प्रहरी उपरीक्ष तथा प्रहरी नायव उपरीक्षक, लगायत प्रहरी अधिकृत, कर्णाली प्रदेश प्रहरी विद्यालयका प्रिन्सिपल सुनिल देवकोटा साथै सुर्खेत स्थित विभिन्न मातहत कार्यालयका प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिती रहेको थियो ।

साथै फेरी भेटौला कार्यक्रमका प्रमुख अतिथि बिदाई भई जान लाग्नु भएका प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकालकाे उपस्थितमा सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आफ्नो करिव १२ महिना १७ दिनको कर्णाली प्रदेश प्रहरी कार्यालयको बसाईकाेबारेमा जानकारी भएकाे थियाे ।

साथै नेतृत्व पुर्ण रूपमा आफ्नो भरपुर ज्ञान, विवेक र कौशलको सदुपयोग गर्दै समग्र कर्णाली प्रदेशको शान्ति सुरक्षा तथा अपराध अनुसन्धानलाई प्रभावकारी रूपमा अगाडी बढाउन समन्वय, सहकार्य र सहअस्तित्वको माध्यमवाट नागरिक मैत्री, पारदर्शी, जवाफदेही र गुणस्तरिय प्रहरी सेवा प्रवाहमा हर प्रहर मातहत प्रहरी कर्मचाहरीहरू तल्लिन रहेको हुनाले उहाँहरूको अविच्छिन्न योगदानको परिणाम स्वरूप नै आजको सफलता प्राप्त भएको व्यहोरा उल्लेख गर्नु भयो ।

साथै आगामी दिनहरूमा समेत निरन्तर रूपमा यस्तै खालका क्रियाकलाप, सहयोग र लगनशिलता कायम रहोस् भन्दै शुभकामना तथा निर्देशन समेत दिनु भयो ।

जाँदाजाँदै नेपाल पत्रकार महासंघ, कर्णाली प्रदेश र शाखा सुर्खेतका अध्यक्षज्यूहरू साथै सुर्खेत स्थित विभिन्न संचार माध्यममा क्रियाशिल पत्रकार तथा संचार कर्मिहरूसँग भेटघाट समेत गर्नुहुदै प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालज्यूले पत्रकार, प्रहरी, प्रशासन र पोलिटिसियन बिचको समन्वय र सहकार्यको माध्यमबाट मात्र समाजलाई गुणात्मक रूपमा विकसित र परिवर्तित स्वरूपमा बदल्न सकिने भएको हुँदा विशेष गरी समाजका अन्य विविध अव्यवहरूको तुलनामा यि चार वटा मुख्य पक्षहरूको बिचमा आपसी समन्वय, सहकार्य अपरिहार्य रहेको कुरा हामी सबैले स्विकार गर्दै अगाडी बढ्नु पर्ने विषय उल्लेख गर्नु भयो ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक बीर बहादुर ओलीले विदाइ भई जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षकलाई धन्यवाद सहित आगामी कार्यकालको शुभकामना व्यक्त गर्नु हुँदै प्र.ना.म.नि.काे नेतृत्व क्षमता, कार्यकुशलता, समन्वयकारी भुमिका र अथक प्रयास एवम् लगनशिलताको उपज स्वरूप थालनी गरिएका नविनतम असल अभ्यासको कारण सम्पुर्ण कर्णालीवासी एवम् यहाँका नागरिकहरूको मन मुटुमा बस्न सफल भएको कुरा स्थानिय नागरिकहरूबाट प्राप्त पृष्ठपोषणले समेत देखाएको स्मरण गर्नु भएकाे थियाे ।

२९ पुस २०८०, आइतवार १८:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु