सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख ‍प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीद्वारा पदभार ग्रहण

7.57K
shares

धनगढी ।  सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख ‍प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीद्वारा पदभार ग्रहण गर्नु भएकाे छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा हुनु भएका प्रदेशका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी. ले कार्यालयमा हाजिर भई आज कार्यालयको पदभार ग्रहण गर्नु भएको हाे ।

उक्त स्वागत कार्यक्रममा प्रहरी वरिष्ठ उपरिक्षक, प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानहरुले स्वागत गर्नुभएको थियो ।

पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक केसीले सुदूरपश्चिम प्रदेशको बस्तुस्थिति, जनशक्तिको बारेमा जानकारी लिनु भयाे ।

उहाँले कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पिडित मैत्री सहज र द्रुत प्रहरी सेवा, मानव अधिकार संरक्षण, प्रहरीको आचरण र ब्यबहारमा सुधार, आर्थिक अनुशासन, शुसासन, भ्रष्टाचार नियन्त्रण, तस्करी नियन्त्रण, चुस्त दुरुस्त प्रहरी परिचालनका विषयमा योजनाबद्ध ढंगले प्रहरी कार्य अगाडि बढाउन निर्देशन दिनु भएकाे थियाे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083