मधेश प्रदेशको शान्ति सुरक्षाको अवस्था, सम-सामायिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
वि.सं.२०८० माघ २ मंगलवार २१:१९
shares

जनकपुर । मधेश प्रदेशको शान्ति सुरक्षाको अवस्था, सम-सामायिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम भएकाे छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको आयोजनामा जिल्ला धनुषा मिथिला नगरपालिका वडा नं.९ लालगढ स्थित गौतम होटेलको सभाहलमा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेलकाे अध्यक्षतामा कार्यक्रम भएकाे थियाे ।
नेपाल प्रहरी प्रदेश कार्यालय बीरगंज (हाल जनकपुर) का प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्र बहादुर गुरूङ, मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक प्रवीण पोखरेल, जिल्ला प्रहरी कार्यालय-८ (आठ) का जिल्ला प्रमुखहरूकाे उपस्थिति रहेकाे थियाे ।
नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवर धनुषाका प्रमुख, मधेश प्रदेश प्रहरी गण जनकपुरधामका प्रमुख, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख, कार्यालयका सिनियर प्रहरी अधिकृत तथा प्रहरी नायव उपरीक्षक कार्यरत रहेका ईलाका प्रहरी कार्यालयका प्रमुखहरूको समेत उपस्थिति रहेकाे थियाे ।
समग्र “मधेश प्रदेशको शान्ति सुरक्षाको अवस्था, सम-सामायिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम” भई प्रहरी नायव महानिरीक्षकबाट उपस्थित सम्पूर्ण प्रहरी अधिकृतहरूलाई आवश्यक निर्देशन/सम्बोधन गर्नु भई कार्यक्रम समापन भएकाे थियाे ।
































