नेपाल प्रहरी श्रीमती संघद्वारा पलाञ्चोक भगवती काली देवी मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

3.73K
shares

काभ्रेपलाञ्चोक । नेपाल प्रहरी श्रीमती संघद्वारा पलाञ्चोक भगवती काली देवी मन्दिर सरसफाई कार्यक्रम सम्पन्न भएकाे छ।

नेपाल प्रहरी श्रीमती संघको आयोजनामा  संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर, महासचिव अनुश्री पाख्रिन, सल्लाहकार निलम कडायत सह-कोषाध्यक्ष कमला खनाल, प्रशासन सह-सचिव अनिता ढकाल अधिकारी, सदस्य प्रेक्ष्यमा गोंगल,  अनिता ढकाल पौडेल र राधा खतिवडा पोखरेलकाे उपस्थिति रहेकाे थियाे ।

साथै प्रहरी कर्मचारीहरु, सामुदायिक सेवा केन्द्रका प्रहरी कर्मचारीहरु र मन्दिर व्यवस्थापन समितिका सदस्यहरु सामूहिक सहभागितामा पलाञ्चोक भगवती काली देवी मन्दिर सरसफाई कार्यक्रम सम्पन्न भएकाे हाे ।

मन्दिर सरसफाईमा खटिनु भएका कार्यसमितिका पदाधिकारीहरु तथा प्रहरी कर्मचारीहरुलाई नेपाल प्रहरी श्रीमती संघकी अध्यक्षले धन्यबाद समेत प्रदान गर्नु भएकाे थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083