निरीक्षण तथा अवलोकन कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौ । लोक सेवा आयोगका सदस्य माधव बेल्बासेद्वारा  निरीक्षण तथा अवलोकन कार्यक्रम सम्पन्न भएकाे छ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले स्वागत गर्नु भएकाे थियाे ।

नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक (जनपद) पदमा खुल्ला प्रतियोगिताद्बारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न नेपाल प्रहरी प्रधान कार्यालयबाट  २०८०।०७।०३ गते प्रकाशित विज्ञापन अनुसार Online Recruitment Management System (ORMS) माध्यमबाट दरखास्त दिई स्वीकृत भएका उम्मेदवारहरूको नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, भर्ना छनौट शाखाको पत्र अनुसार रा.प्र.प्र.प्र.महाराजगञ्जमा २०८०।०९।१७ गते देखि २०८०।१०।०२ गते सम्म सञ्चालित प्रारम्भिक स्वास्थ्य परिक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाको निरीक्षण तथा अवलोकन गर्नु भएकाे हाे ।

निरिक्षणमा आएका लोक सेवा आयोगकका सदस्य माधव बेल्बासेलाई प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले  परीक्षा दिन तयार रहेका सम्पूर्ण बिधाका गतिविधिहरुको बारेमा जानकारी तथा अवलोकन गराउनुका साथै प्र.नि.आ.ता १-१८२ औं समुहका प्रशिक्षार्थीहरुको कक्षा संचालनको अवलोकन समेत गराउनु भएको थियो ।

उक्त छनौट कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग प्रमुख प्र.अ.म.नि. टेक प्रसाद राईकाे समेत उपस्थिति रहेको थियो ।

लोक सेवा आयोग,गृह मन्त्रालय,प्रहरी प्रधान कार्यालय र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान समेतको प्रतिनिधिहरू समावेश रहेको समिति, Face Reader Machine, प्रत्येक विधामा सि.सि.टि.भी. क्यामरा, भिडियो रेकर्डिङ र प्रत्येक दिनमा हरेक विधामा फरक-फरक व्यक्तिहरूको अह्रनखटन, स्वास्थ्य चिकित्सक (Medical Doctor) सहितको दक्ष जनशक्तिको व्यवस्थापन गरी तोकिएको मापदण्ड बमोजिम निष्पक्ष, पारदर्शी र वैज्ञानिक तवरले संचालित भर्ना छनौट कार्यक्रम आज नै समाप्त भएको थियाे ।

२ माघ २०८०, मंगलवार २०:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु