कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणी आचार्यद्वारा स्वागत एवम् निर्देशन सम्बोधन

4.16K
shares

काठमाडौ । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणी आचार्यद्वारा स्वागत एवम् निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएकाे छ।

कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा कार्यालय प्रमुखको रूपमा सरूवा हुनु भएका प्रहरी नायब महानिरीक्षक लालमणी आचार्यलाई प्रहरी वरिष्ठ उपरिक्षक बीर बहादुर ओली, प्रहरी उपरीक्षकज्यूहरू, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु लगायत जुनियर प्रहरी अधिकृत तथा जवानहरूले कार्यालयमा स्वागत गर्नुभएको छ ।

स्वागत पश्चात प्रहरी नायव महानिरीक्षकले अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरी सलामी ग्रहण गर्नुभई कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरूलाई प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवम् पीडितमैत्री सेवा प्रवाह, अनुशासित, ईमान्दार, लगनशिल, कर्तव्यनिष्ठ भई काम गरी आचरण र व्यवहारमा समेत सदैव बढकरार राखी काम गर्ने लगायतका सार्गरभिक निर्देशन दिनुभयो ।

त्यसैगरी सम्पूर्ण शाखाहरू निरीक्षण गरी प्रहरी वरिष्ठ उपरीक्षक बीर बहादुर ओलीज्यूले समग्र कर्णाली प्रदेशको वस्तुस्थितीको सम्बन्धमा प्रस्तुतिकरण मार्फत प्रहरी नायब महानिरीक्षकलाई जानकारी समेत गराउनु भयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083