कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणी आचार्यद्वारा जिल्ला प्रहरी कार्यालय दैलेखको अनुगमन, निरीक्षण एवम् निर्देशन सम्पन्न

4.49K
shares

काठमाडाै । मप्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणी आचार्यद्वारा जिल्ला प्रहरी कार्यालय दैलेखको अनुगमन, निरीक्षण एवम् निर्देशन सम्पन्न भएकाे छ ।

कर्णाली प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणी आचार्यज्यूले जिल्ला प्रहरी कार्यालय दैलेखको समग्र वस्तुस्थिति, शान्ति सुरक्षाको अवस्था, स्रोत साधनहरूको व्यवस्थापन, शाखा, उपशाखा, नागरिक सेवा प्रवाह लगायत नवपर्वद्धनात्मक कार्यहरूको सम्बन्धमा अनुमन तथा निरीक्षण सम्पन्न गर्नु भएको छ ।

निरीक्षण पश्चात सम्पुर्ण प्रहरी कर्मचारीहरूलाई जिल्लामा शान्ति सुरक्षा स्थापनाको लागि योजनाबद्ध रूपमा चलायमान भई काम गर्न, प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण गर्न, फरार प्रतिवादी पक्राउ तथा पेण्डिङ् मुद्दाको फर्स्यौटमा विशेष जोड दिन, सामुदायिक सचेतनाको कार्यक्रमहरू तिव्रताका साथ सञ्चालन गर्न, नागरिक एवम् पीडितमैत्री सेवा प्रवाह गर्न, अनुशासित, ईमान्दार, लगनशिल, कर्तव्यनिष्ठ भई काम गर्ने लगायतका निर्देशन समेत दिनु भएको छ ।


divya collage
unigloble collage