निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
कास्की । निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएकाे छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक विकास राज खनालले कास्की जिल्ला प्रहरी कार्यलयकाे निरीक्षण एबम् भईरहेको कार्यसम्पादन, अभिलेख व्यबस्थापन लगायतको निरीक्षण गर्नु भएको हाे ।
निरीक्षणकै सिलसिलामा कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले मातहत जिल्लाहरुबाट हुने अपराध अनुसन्धान कार्यको अनुगमन, सहयोग, समन्वय, सहजिकरण र कार्यालयबाट सम्पादन भएका सम्पूर्ण गतिबिधीहरु सहितको प्रस्तुतिकरण गर्नु भएको थियो ।
निरीक्षण अनुगमन पश्चात डिआजि खनालले उपस्थित प्रहरी कार्मचारीहरुलाई संगठनले लिएको लक्ष्य प्राप्तिको लागि समर्पित भई कार्यसम्पादन गर्न आवश्यक निर्देशन समेत दिनु भएको थियो ।
७ माघ २०८०, आइतवार १५:४७ बजे प्रकाशित