लैंङ्गिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

5.79K
shares

काठमाडौ । लैंङ्गिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएकाे छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत, नेपाल प्रहरी श्रीमती संघ भृकुटिमण्डप, प्रहरी बृत्त नयाँबानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, सामुदायिक बिकास तथा सेवा समिती एवं सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर ३१, कोटेश्वर ३२ र आमा अभियान नेपालको संयुक्त आयोजनामा कार्यक्रम भएकाे हाे ।

उक्त कार्यक्रममा आमा अभियान नेपालकी अध्यक्ष श्रीमती सरस्वती दाहालकाे सभाध्यक्षता रहेकाे थियाे ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरकाे प्रमुख आतिथ्यता, नेपाल प्रहरी श्रीमती संघकी महासचिव  अनुश्री पाख्रिन, का.म.पा १०,३१ र ३२ वडाका जनप्रतिनिधीहरु, काठमाण्डौ उपत्यका प्रहरी कार्यालय,सामुदायिक शाखाका शाखा प्रमुख प्रहरी नायव उपरीक्षक रबिराज थपलिया र प्रहरी वृत्त नयाँ बानेश्वरका कार्यालय, प्रमुख प्रहरी नायव उपरीक्षक  शिवराज बुढाथोकीकाे बिशेष आतिथ्यता रहेकाे थियाे ।

साथै सामुदायिक सेवा समितिका पदाधिकारीहरु,नेपाल प्रहरी श्रीमती संघका सल्लाहकार तथा कार्यसमिती सदस्यहरु,व्यापार व्यवसायी संघका अध्यक्षज्यूहरू, बिभिन्न बिद्यालयका प्रधानाध्यापकहरु र बिभिन्न सामाजिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु समेत आतिथ्यता साथै बिद्यार्थी, पत्रकार लगायत स्थानियहरूको वृहत उपस्थितिमा लैंङ्गिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम तथा नेपाल प्रहरी श्रीमती संघ,भृकुटिमण्डपबाट तयार पारिएको नाटक ‘समान युग’ प्रदर्शन कार्यक्रम का.म.पा वडा नं. ३२ तिनकुने स्थित रोयल बैंकेटको सभाहलमा सम्पन्न भएकाे हाे ।

कार्यक्रमको सुरूवातमा प्रहरी वृत्त नयाँ बानेश्वरका कार्यालय, प्रमुख प्रहरी नायव उपरीक्षक  शिवराज बुढाथोकिले स्वागत मन्तव्य राख्नु भएकको थियो भने नाटक ‘समान युग’ प्रदर्शन पश्चात क्रमश जनप्रतिनिधीहरुले आफ्नो मन्तव्य राख्नु भएकाे थियाे ।

 


divya collage
unigloble collage