शैक्षिक सामाग्री तथा न्यानो कपडा प्रदान र मन्दिर सरसफाई सम्पन्न
वि.सं.२०८० माघ ७ आइतवार १६:५४
3.58K
shares
shares

काठमाडौ । शैक्षिक सामाग्री तथा न्यानो कपडा प्रदान र मन्दिर सरसफाई सम्पन्न भएकाे छ ।
२३औं सशस्त्र प्रहरी दिवश २०८० को अवसरमा माघ ६ गते सशस्त्र प्रहरी परिवार महिला संघले शैक्षिक सामाग्री तथा न्यानो कपडा प्रदान गर्नुको साथै इच्छाकामना मन्दिर सरसफाई गरेको हाे ।
संघकी अध्यक्ष श्रीमती अनिता लामीछाने अर्यालले चितवन जिल्ला इच्छाकामना गाउँपालिका-३ स्थित राष्ट्रिय आधारभूत विद्यालय आलडाँडा चौतारामा अध्ययनरत चेपाङ्ग समुदायका ७८ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा न्यानो कपडा प्रदान गर्नुभयो।
संघले सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारसगँको सहकार्यमा सोही गाउँपालिका-४ स्थित इच्छाकामना मन्दिरको सरसफाई समेत गरेको थियो ।



















