प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न
वि.सं.२०८० माघ ७ आइतवार २०:१७
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।
प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले साप्ताहिक निरीक्षण कार्यक्रम अन्तर्गत प्रतिष्ठानको क्वार्टर गार्ड, कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी, विभिन्न आधारभूत तथा उन्नत तालिमका प्रशिक्षार्थी, होजियारी, मोची, शैलुन, मोटर ग्यारेज, फोहोर संकलन स्थल, पानी वितरण प्रणाली, लौण्ड्री, ब्यारेक भवन, मेस भवन, खुद्रा क्यान्टिन, चमेना क्यान्टिन लगायत यस प्रतिष्ठान परिसरभित्र रहेका अन्य सम्पूर्ण भौतिक संरचनाहरूको निरीक्षण गर्नु भएकाे हाे ।
निरीक्षण कार्यक्रमकै सिलसिलामा कार्यकारी निर्देशकद्वारा प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औं समूहका प्रशिक्षार्थीहरूको कवाजको अवलोकन गर्दै सम्पूर्ण प्रशिक्षार्थीलाई उच्च मनोबलका साथ प्रशिक्षार्थी प्रहरीको आचरणभित्र रहेर प्रशिक्षण कार्य सफलताका साथ सम्पन्न गर्न शुभकामना सहित निर्देशन प्रदान गर्नुभएको थियो।



















