अन्तर जिल्ला सुरक्षा समन्वय बैंठक सम्पन्न
वि.सं.२०८० माघ ७ आइतवार २१:५२
shares

काठमाडौ । अन्तर जिल्ला सुरक्षा समन्वय बैंठक सम्पन्न भएकाे छ ।
ललितपुर जिल्ला र मकवनपुर जिल्लाको सिमा क्षेत्रको सुरक्षा ब्यवस्थापन र दुई जिल्लालाई जोड्ने कान्तीलोकपथ सडक खण्डको अवलोकन-भ्रमण कार्य सहित अन्तर-जिल्ला सुरक्षा समन्वय वैठक ईलाका प्रहरी कार्यलय ठिङगन मकवनपुरमा सम्पन्न भएकाे हाे ।
वैठकमा जिल्ला सुरक्षा समिती ललितपुर र मकवनपुरका प्रतिनिधीहरु, जिल्ला ट्राफिक प्रमुख साथै स्थानीय स्तरका विभिन्न तह र जनप्रतिनिधिहरु समेतको उपस्थिती रहेको थियो ।
कान्तिलोकपथ निर्माण कार्यको गतिशिलता, ट्राफिक संकेतहरुको ब्यवस्थापन, प्रहरी चेक पोष्टको ब्यवस्थापन, सवारी साधनको रुट अनुमतिका लागी दुवै जिल्लाका समन्वयका क्षेत्रहरु, सडक मार्गको सुरक्षा स्थिती, बढ्दै गएको सवारी चापको ब्यवस्थापनका अन्य उपायहरु साथै सम्बन्धित सवै स्तरका सरकारी निकायहरुले आफ्नो आफ्नो स्तर बाट निभाउनु पर्ने भुमिका र सहकार्यका बिषयमा छलफल भएकाे थियाे ।































