नेपाल लाइफ इन्स्योरेन्सलद्वारा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई १९० थान चेकिङ्ग बोर्ड प्रदान
वि.सं.२०८० माघ ११ बिहीवार २२:०७
5.04K
shares
shares

काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्सले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई करिब रु १८ लाख बराबरको १९० थान चेकिङ्ग बोर्ड प्रदान गरेको छ ।
काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणको लागी ट्राफिक प्रहरीले गर्ने चेकिङ्गलाई थप व्यवस्थित र सुरक्षित बनाउन ट्राफिक चेकिङ्ग बोर्ड प्रदान गरिएको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित एक विशेष समारोह बीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक पोशराज पोखरेललाई चेकिङ्ग बोर्ड हस्तान्तरण गर्नु भएको हो।


















