घरेलु हिंसा, लैङ्गिक हिंसा, दुर्व्यबहार सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौ । प्रहरी वृत्त नयाँबानेश्वरका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीकाे प्रमुख आतिथ्यतामा घरेलु हिंसा, लैङ्गिक हिंसा, दुर्व्यबहार, जातिय बिभेद तथा छुवाछुत र ब्यक्तिगत सुरक्षा सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी वृत्त नयाँबानेश्वर, सामुदायिक विकास तथा सेवा समिति एंव सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर ३१ र प्रगति नेपालको संयुक्त आयोजनामा कामपा. ३१ स्थित सनसाईन बोर्डिङ् स्कूल को सभाहलमा कार्यक्रम भएकाे हाे ।

स्कूलका बिद्यार्थीहरूलाई घरेलु हिंसा, लैङ्गिक हिंसा, दुर्व्यबहार, जातिय बिभेद तथा छुवाछुत र ब्यक्तिगत सुरक्षा सम्बन्धी सचेतनामूलक प्रशिक्षण साथै पर्चा पम्प्लेट बितरण कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा शिबराज बुढाथोकीले बिभिन्न प्रश्नहरूको जवाफ दिनुहुदै अपराधिक क्रियाकलापहरुको सुचना तत्काल प्रहरीलाई दिन बिद्यार्थीहरूलाई अभिप्रेरित गर्नु भएकाे थियाे ।

१२ माघ २०८०, शुक्रवार १९:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु