TRUNGRAM INTERNATIONAL ACADEMY को २८ औं वार्षिक खेलकुद कार्यक्रम सम्पन्न

15.25K
shares

काठमाडौ । बुढानीलकण्ठ नगरपालिका वडा ७ मा रहेको  TRUNGRAM INTERNATIONAL ACADEMY  (TIA) को २८ औं वार्षिक खेलकुद कार्यक्रम आज भएकाे छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको खेलकुद मैदानमा “ठुङ्गरम इन्टरनेसनल एकेडेमी ” को २८ औं वार्षिक खेलकुद कार्यक्रमप सम्पन्न भएकाे हाे ।

“TRUNGRAM INTERNATIONAL ACADEMY” का संस्थापक अध्यक्ष डा. ट्रुन्ग्राम ग्याल्ट्रुल रिन्पोछेकाे उपस्थितिमा साथै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले दिप प्राज्वलन गरी कार्यक्रम समुद्घाटन गर्नु भएकाे थियाे ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुवाट विभिन्न सास्कृतिक नृत्य प्रस्तुत गर्नुको साथै खेलकुद गतिविधिहरू प्रदर्शन गरी सोही विधाहरूमा प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवम् विशिष्ट अतिथीले पुरस्कार वितरण गरी कार्यक्रम सम्पन्न भएकाे थियाे ।

साथै उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उत्तम राज थापा, शिक्षक शिक्षिकाहरु, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, भिभावकहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083