मेयर रेनु दाहालद्वारा आईजीपी वसन्त कुँवर र एसएसपी राजन अधिकारी सम्मानित
वि.सं.२०८० माघ १४ आइतवार ०८:१६
shares

भरतपुर–५ रहेको प्रहरी–नागरिक साझेदारी अभियान नेपाल (पिटुसिटु)को दोस्रो साधारणसभा तथा पहिलो अधिवेशन अवसर पारेर भरतपुर महानगर प्रमुख रेनु दाहालले उनीहरुलाई सम्मानपत्रसहित ढोसल्ला ओढाइ सम्मान गरीन् ।
सडक बालबालिका उत्थान र विकासका लागि पिटुसिटुको स्थानीयसँगै सडक बालबालिका मुक्त समाज निर्माणमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको पिटुसिटुका कोषाध्यक्ष निर्देश सेढाईँले जानकारी दिए ।
महानगर प्रमुख दाहालले बालबालिकाका क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील रहेको बताइन् । महानगरले बालबालिका क्षेत्रमा धेरै काम गर्दै आइरहेको उनले उल्लेख गरीन् । महानगरले बालबालिकालाई शिक्षाबाट बञ्चित नहुन परोस् भनेर अटिजम विद्यालय, पक्षघात भएकालाई भरतपुर–२६ मा स्रोत केन्द्र सञ्चालनमा ल्याएको बताइन् ।
यस्तै बुवाआमा नभएका बालबालिकालाई सडकसम्म आउन नदिन महानगरले एसओएस स्कुललाई सिफारिस गरी निःशुल्क अध्ययनको व्यवस्था मिलाउने गरी महानगर र विद्यालयबीच सम्झौता भएको उनले बताइन् ।
महानिरीक्षक कुँवरले बालबालिका विश्वमै संवेदनशील र जोखिममध्येको समूहमा पर्ने बताउनु भयो । पारिवारिक असम्झदारी, झगडा, कुनै देशबीच हुने युद्धका कारण सधैँ उच्च जोखिममा जाने हिंसा शोषण र दुव्यवहार सहन बाध्य हुने गरेको उल्लेख गरे।






























