“लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतनामूलक समान युग नाटक प्रदर्शनी कार्यक्रम” सम्पन्न
वि.सं.२०८० माघ १४ आइतवार १४:०१
shares

काठमाडौ । नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नयाँ बसपार्क गोंगबु, काठमाण्डौंमा लैंगिक हिंसा तथा घरेलु हिंसा सम्बन्धी सचेतनामूलक *समान युग* नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त नाटक प्रदर्शनमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरकाे प्रमुख आतिथ्यमा संघकी महासचिव अनु पाख्रीनज्यू, कार्यक्रमका सभाध्यक्ष सामुदायिक सेवा केन्द्र गोंगबुका अध्यक्ष केदारनाथ पाठक, कार्यक्रम सचिव श्रीमती सन्ध्या जोशी, प्रशासन सचिव श्रीमती अजिता देवकोटा बास्तोला, सह-कोषाध्यक्ष कमला खनाल, सल्लाहकार सरला भट्टराई बस्नेत, प्रशासन सह-सचिव अनिता ढकाल अधिकारी, सदस्य संगिता लम्साल, सदस्य अरिना राई र कानूनी सल्लाहकार राधिका खतिवडा, प्रहरी वृत्त महाराजगंजका प्रमुख प्र.ना.उ. अमर बहादुर थापा क्षेत्री, विभिन्न वडाबाट पाल्नु भएका वडा अध्यक्ष तथा स्थानिय जनप्रतिनिधीहरु, पत्रकारहरु, विभिन्न संघ-संस्थाका प्रतिनिधीहरु, सर्वसाधारण महानुभावहरु, सुप्रिम कलेजका विद्यार्थीहरु लगायत अन्य प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।
































