“बाह्य प्रशिक्षक प्रविणता परीक्षा” मा सफल भएका प्रशिक्षकहरुलाई प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न
वि.सं.२०८० माघ १४ आइतवार २१:४६
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा “बाह्य प्रशिक्षक प्रविणता परीक्षा” (Instructor Proficiency Test”) परीक्षामा सफल भएका प्रशिक्षकहरुलाई “Instructor” Batch तथा प्रमाणपत्र बितरण गर्ने कार्यक्रम सम्पन्न भएकाे छ ।
२०८०/०८/०४ गते देखि २०८०।१०।१२ गते सम्म राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा संचालन भएको “शारीरिक व्यायाम प्रशिक्षक प्रशिक्षण (जु.प्र.अ.-प्र.ज.) तालिम” आठौँ समूहमा सहभागी २३ जना प्रशिक्षार्थीहरु मध्ये २२ जना (१ जना प्रशिक्षार्थी यस अघि नै कवाज विधातर्फ “IPT” परीक्षा उतीर्ण भइसकेको) प्रशिक्षार्थीहरु समावेश भएको “बाह्य प्रशिक्षक प्रविणता परीक्षा” (Instructor Proficiency Test”) को परीक्षामा सफल भएका प्रशिक्षकहरुलाई “Instructor” Batch तथा प्रमाणपत्र बितरण गर्ने कार्यक्रम आज सम्पन्न भएकाे हाे ।

नेपाल प्रहरीको तालिम सञ्चालन कार्यादेश २०७९ को परिच्छेद १७ बमोजिम “बाह्य प्रशिक्षक प्रवीणता परीक्षण (Instructor Proficiency Test -IPT) परिक्षा”मा सफल भई नयाँ जिम्मेवारीका साथ आफ्नो कार्यक्षेत्रमा जान लाग्नु भएका सम्पूर्ण प्रशिक्षार्थीहरूलाई बधाई तथा शुभकामना सहितको निर्देशन प्रदान गर्नुभएको थियो ।
साथै, कार्यकारी निर्देशकले नेपाल प्रहरी संगठनमा दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा प्रशिक्षकको महत्वपूर्ण भुमिका रहने हुँदा आजकै गुरूबा/गुरुआमा (प्रशिक्षक) को पहिचानको प्रमाण सहित दिक्षित भई जाने सम्पूर्ण प्रशिक्षकहरूलाई एक कुशल प्रशिक्षकले अनिवार्य रूपमा कायम गर्नुपर्ने मुल्य, मान्यता, आचरण, गुणको सम्बन्धमा समेत सबैको ध्यानाकर्षण गर्दै तालिममा हासिल गरेका ज्ञान, सिप र कलाको सदुपयोग गरी उदाहरणीय प्रशिक्षकको रूपमा आफूलाई विकसित गर्दै कार्यक्षेत्रमा समेत सभ्य व्यवहार सहित कानुन कार्यन्वयन गर्ने, प्रहरी व्यवहार, कार्य-शैलीमा गम्भीर र संवेदनशील हुनुपर्ने भन्नेमा विशेष जोड दिदैँ प्रशिक्षण प्रदान गर्न समेत निर्देशन प्रदान गर्नुभएको थियो ।
सोही कार्यक्रममा, “बाह्य प्रशिक्षक प्रविणता परीक्षा” (Instructor Proficiency Test, IPT) संचालन समितिका सचिव प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले परीक्षा सम्बन्धी संक्षिप्त प्रतिवेदन पेश गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका निर्देशक, नेपाल प्रहरी अपराध अनुसनधान विद्यालयका प्रधानाचार्य, प्रतिष्ठानमा कार्यरत सिनियर प्रहरी अधिकृतज्युहरू, सि.प्र.अ.,प्रशिक्षक वर्गको समेत उपस्थिति रहेको थियो ।




























