महिला वालवालिका तथा जेष्ठ नागरिक उपर हुने अपराध न्यूनिकरण सम्बन्धमा निर्देशन कार्यक्रम सम्पन्न

3.99K
shares

काठमाडौ ।  काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहको प्रमुख आतिथ्यतामा मातहत कार्यालयहरुका महिला वालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र र खोजतलास समन्वय शाखाहरूमा कार्यरत प्रहरी कर्मचारीहरुलाई महिला वालवालिका सम्बन्धी अपराधका सम्बन्धमा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्र.ना.म.नि. सिंहले महिला तथा वालवालिकासँग सम्बन्धित विषय अझ बढी सम्बेदनशिल हुने भएकाले उक्त कार्यमा खटिएका प्रहरी कर्मचारीहरुले जिम्मेवारीपूर्ण तवरले प्रहरी कार्य गर्न निर्देशन दिनुभयो ।

आपराधिक कार्यमा संलग्न व्यक्तिहरुले महिला तथा वालवालिकाहरुलाई वेपत्ता बनाई विभिन्न गैह्र कानूनी कार्यमा लगाउने गरेको पाइएको हुनाले खोज तथा उद्दार गरी प्रहरीको रोहबरमा आउँदा निजहरु विभिन्न मनोवैज्ञानिक समस्याबाट ग्रस्त देखिने गरेकाले अनुसन्धान कार्यमा संलग्न प्रहरी कर्मचारीले असल व्यवहार गरी मानवीय सेवा प्रवाह गर्नु पर्ने बताउनु भयो ।

नेपाल प्रहरीले ‘महिला वालवालिकाका तथा जेष्ठ नागरिक’ उपर हुने अपराधका सम्बन्धमा विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै अपराध न्यूनिकरण तथा रोकथाम गरेकोमा ‘सुरक्षित उपत्यका हाम्रो प्रतिवद्दता’ अभियानलाई प्रभावकारी बनाउन यस्ता प्रकारका Proactive Policing कार्यले समाजमा घटना कम गर्न सकिने भएकाले तदारुकताका साथ कार्य गर्न निर्देशन दिनु भयो ।

कार्यक्रममा प्रहरी वरिष्‍ठ उपरीक्षक, प्रहरी उपरीक्षक लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083