लागुऔषध दुरुपयोग सम्बन्धी जनचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न
वि.सं.२०८० माघ १४ आइतवार २३:४४
shares

काठमाडौ । प्रहरी बृत्त नयाँबानेश्वरका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीकाे प्रमुख आतिथ्यतामा एवम कामनपा १० का वडा सदस्य नरोज अर्यालकाे बिशेष आतिथ्यतामा शान्तिसुरक्षा सम्बन्धी अन्तर्क्रिया तथा CYBER CRIME,र लागुऔषध दुरुपयोग सम्बन्धी जनचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।
कलेजमा अध्ययनरत BBA र BHM 1st सेमेस्टारका शिक्षक तथा बिद्यार्थी एवम अभिभावकहरुलाई शान्तिसुरक्षा सम्बन्धी अन्तर्क्रिया तथा CYBER CRIME,र लागुऔषध दुरुपयोग सम्बन्धी जनचेतनामुलक प्रशिक्षण कार्यक्रम भएकाे हाे ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर १० र प्रहरी बृत्त नयाँबानेश्वरको संयुक्त आयोजनामा तथा शुभ श्री कलेजको सहकार्यमा उक्त कार्यक्रम भएकाे थियाे । साथै कलेजका प्रिन्सिपल मनिता ओलीकाे सभापतित्व रहेकाे थियाे ।
उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी प्र.ना.उ.शिवराज बुढाथोकीले साईवर अपराध,लागुऔषध,लैङ्गिक हिंसा लगायत ब्यक्तिगत आचरणका बिषयमा समेत प्रशिक्षण गर्नु हुदै यस किसिमका अपराध बाट बच्ने उपाय र कानुनी ब्यवस्था बारे प्रशिक्षणको क्रममा प्रष्ठ पार्नु भएको थियो ।
कार्यक्रममा सहभागिहरुबाट सोधिएका प्रश्न तथा जिज्ञासाहरुको जवाफ सहित समग्र शान्ति सुरक्षाको बारेमा समेत मन्तब्य राख्नु हुँदै समुदायमा कुनै पनि किसिमका घट्ना,दुर्घट्ना वा अपराधहरु भएको थाहा पाएमा वा देखेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्नु अथावा १०० मा फोनगरी प्रहरीलाई सुचना दिने कुरा राख्नु भएको थियो ।
































