विपद् व्यवस्थापन आधारभूत तालिम ३३ औं समूहको उद्घाटन”

काठमाडौ । “विपद् व्यवस्थापन आधारभूत तालिम ३३ औं समूहको उद्घाटन” भएकाे छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको तत्वावधानमा आज २०८०/१०/१५ गते देखि सञ्चालन भएको ४५ कार्य दिनको आवासीय “विपद् व्यवस्थापन आधारभूत तालिम” ३३ औं समूहको यस तालिमका तालिम संयोजक प्र.ना.उ. हरिकृष्ण के.सी. ज्युले उद्घाटन गर्नुभएको थियो ।
उत्त तालिममा सहभागी जम्मा-३० जना प्रशिक्षार्थीहरू मध्य प्र.नि.-१, प्र.ना.नि.-१, प्र.स.नि.-२, प्र.स.ह.-३ र प्र.ज.-२३ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ ।
१५ माघ २०८०, सोमवार १६:०४ बजे प्रकाशित