पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न

बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । आज अपरान्ह एक बिशेष कार्यक्रमको आयोजना गरी कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङले पत्रकारहरुसँग भेटघाट गर्नु भएको हो ।
भेटघाट कार्यक्रममा खापुङले कानुनको परिधिमा रहेर कोशी प्रदेशमा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउनुका साथै अपराध नियन्त्रण, घटित अपराधको सफल अनुसन्धान गरी कानुनि दायरामा ल्याउन र लागुऔध नियन्त्रणको लागि समन्वय र सहकार्य गर्दै अगाडी बढ्ने बताउनु भयाे ।
कार्यक्रममा संचारकर्मीहरुबाट उठेका बिविध जिज्ञासाहरुको बारेमा समेत प्रदेश प्रहरी प्रमुख खापुङले प्रस्ट पार्नु भएको थियो ।
कोशी प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको भेटघाट कार्यक्रममा कोशी प्रदेशका बिभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
१५ माघ २०८०, सोमवार १६:१२ बजे प्रकाशित