कोशी प्रदेश प्रहरी प्रमुख चन्द्र कुबेर खापुङद्वारा कोशी प्रदेश प्रहरी तालिम केन्द्र र कोशी प्रदेश प्रहरी गणको स्थलगत निरीक्षण भ्रमण सम्पन्न

4.75K
shares

बिराटनगर । कोशी प्रदेश प्रहरी तालिम केन्द्र र प्रदेश प्रहरी गणको निरीक्षण भ्रमण सम्पन्न भएकाे छ ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले आज कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी र कोशी प्रदेश प्रहरी गण बिराटनगरको स्थलगत निरीक्षण भ्रमण गर्नु भएको हाे ।

निरीक्षण भ्रमणको क्रममा वाँहाले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।

निर्देशनको क्रममा कार्यालयहरुको आ-आफ्नै कार्यक्षेत्र र जिम्मेवारी रहेको हुँदा कानुनको परिधिमा रहेर मानव अधिकारको संरक्षण गर्दै कार्य गर्न निर्देशन दिनु भयो ।

यसका साथै उहाँले नेपाल प्रहरीको पहिलो प्राथामिकता भनेको शान्ति सुरक्षा अमन चयन गर्ने कार्य रहेको हुँदा आ-आफ्नो पदिय जिम्मेवारी अनुसार कार्य गर्न र संबिधान, ऐन नियममा उल्लेख भए बिपरितका कार्यहरु नगर्न अनुरोध गर्नु हुँदै कुनै पनि प्रहरी कर्मचारीले गलत कार्य गरेमा क्षम्य नहुने बताउनु भयो ।

निर्देशनकै क्रममा वाहाँले तालिम केन्द्रनै प्रहरी उत्पादनको मुख्य उदगम स्थल भएकोले दक्ष प्रहरी जनशक्ति उत्पादनको लागि समादेशक लगायत प्रशिक्षकहरुले बैज्ञानिक ढंगबाट प्रशिक्षण दिनु पर्ने बताउँदै प्रशिक्षार्थीहरुले तालिममा सिकेका ज्ञानहरुको कार्यक्षेत्रमा अक्षरस पालना गर्न समेत निर्देशन दिनु भयो । निरीक्षण भ्रमणको क्रममा वाँहाले दुबै प्रहरी कार्यालयमा बृक्षारोपन समेत गर्नु भएको थियो ।

निरीक्षण भ्रमणको क्रममा कार्यालय प्रमुखहरुले कार्यालयबाट सम्पादन हुने कार्यहरुको बारेमा प्रदेश प्रहरी प्रमुख समक्ष आ-आफ्नो कार्यालयको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083