मधेश प्रदेश प्रहरी प्रमुख यज्ञ बिनोद पोखरेलद्वारा निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
वि.सं.२०८० माघ २० शनिवार ११:३०
4.32K
shares
shares

जनकपुर । निरीक्षण तथा निर्देशन सम्बोधन मधेश प्रदेश प्रहरी प्रमुख यज्ञ बिनोद पोखरेलद्वारा निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएकाे छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेलले धनुषा जिल्ला प्रहरी कार्यालयकाे निरीक्षण गर्नु भएकाे हाे ।
कार्यालयका सम्पुर्ण शाखाहरू, कम्पाउण्ड परिसर, कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुको व्यक्तीगत टर्न आउट, लाईन व्यारेक, मेश व्यवस्थापन, क्यान्टीन लगायतका निरीक्षण तथा अवलोकन पश्चात यस कार्यालय मातहत सम्पूर्ण प्रहरी इकाईका प्रमुखहरू तथा यस कार्यालयमा कार्यरत सि.प्र.अ./जु.प्र.अ.हरुलाई आवश्यक निति निर्देशन दिनु भएकाे थियाे ।
































