डिआइजी ओम अधिकारीद्वारा मधेश प्रदेश मातहतका प्रहरी कार्यालय प्रमुखसँग छलफल तथा अन्तरक्रिया

286
shares

जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) ओम प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा मधेश प्रदेश मातहतका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूसँग समसामयिक विषयवस्तुमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रभु ढकाल, मातहतका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, मधेश प्रदेश प्रहरी गण जनकपुरधाम, धनुषाका निमित्त प्रमुख, नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवर, धनुषाका निमित्त प्रमुख, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख, मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म वीरगन्ज, पर्सा (हाल जनकपुर) का प्रमुख तथा प्रदेश प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो। त्यसैगरी जिल्ला प्रहरी कार्यालय बारा र पर्साका प्रमुखहरू भने भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागी भएका थिए।

May be an image of dais and text

अन्तरक्रियाका क्रममा प्रदेशको समग्र शान्ति सुरक्षा, अपराध नियन्त्रण, प्रहरी सेवा प्रवाह तथा समसामयिक सुरक्षा चुनौतीलगायतका विषयमा छलफल गरिएको थियो। प्रहरी कार्यालयहरूबीच प्रभावकारी समन्वय, सूचना आदानप्रदान तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल केन्द्रित रहेको जनाइएको छ।

कार्यक्रममा डिआइजी अधिकारीले मातहतका प्रहरी कार्यालय प्रमुखहरूलाई आ–आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन र नागरिकलाई सहज तथा गुणस्तरीय प्रहरी सेवा उपलब्ध गराउन आवश्यक निर्देशन दिनुभएको थियो। उहाँले बदलिँदो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरी संगठनको व्यावसायिकता, अनुशासन र जिम्मेवारीलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्नसमेत आग्रह गर्नुभएको जनाइएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083