‘Police Baton’ अन्तर्गत एआईजी शाहसहितको टोलीद्वारा ट्राफिक व्यवस्थापन कार्यालय चितवनको निरीक्षण

273
shares

चितवन । नेपाल प्रहरीको सेवा प्रभावकारिताको मूल्याङ्कन तथा संगठनात्मक सुधारका प्रयासलाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)–२०८३’ अन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनको निरीक्षण गरिएको छ।

अन्तरप्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्याङ्कन समितिका संयोजक एवं नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमुख एआईजी शिद्धी विक्रम शाहको नेतृत्वमा डिआइजी दिनेश कुमार आचार्यसहितको प्रहरी टोलीले कार्यालयको निरीक्षण तथा अनुगमन गरेको हो।

निरीक्षणका क्रममा टोलीले कार्यालयको प्रस्तुतिकरण तथा विभिन्न प्रशासनिक गतिविधिको अवलोकन गर्नुका साथै अभिलेख व्यवस्थापन, ट्राफिक प्रहरी जनशक्तिको परिचालनलगायतका विषयमा स्थलगत निरीक्षण गरेको थियो।

निरीक्षण टोलीले कार्यालयको कार्यसम्पादन, व्यवस्थापन तथा ट्राफिक प्रहरी परिचालनको अवस्थाबारे जानकारी लिनुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक पक्षबारे समेत अवलोकन गरेको जनाइएको छ। सो अवसरमा एआईजी शिद्धी विक्रम शाहले कार्यालय परिसरमा वृक्षरोपणसमेत गर्नुभएको थियो।

नेपाल प्रहरीले ‘Police Baton–२०८३’ मार्फत विभिन्न प्रहरी कार्यालयको कार्यदक्षता, सेवा प्रवाह, व्यवस्थापन तथा संगठनात्मक गतिविधिको मूल्याङ्कन गर्दै असल अभ्यासको आदानप्रदान र आवश्यक सुधारका लागि पृष्ठपोषण प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083