सुन्दर जोडीको सफलता : श्रीमान्–श्रीमती दुवै बने सशस्त्र प्रहरी निरीक्षक

143
shares

काठमाडौं । मेहनत, लगन र निरन्तर प्रयासले सफलता दिलाउँछ भन्ने उदाहरण बनेका छन् सशस्त्र प्रहरी बलका अस्मित चौलागाईं र उनकी श्रीमती सम्झना खत्री। यो दम्पतीले लगातार दुई वर्षमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा नाम निकाल्दै आफ्नो व्यावसायिक यात्रामा महत्वपूर्ण सफलता हासिल गरेका छन्।

सम्झना खत्रीले २०८२ सालमा सशस्त्र प्रहरी निरीक्षक पदमा सफलता हासिल गरेकी थिइन्। त्यसको एक वर्षपछि अर्थात् २०८३ सालमा उनका श्रीमान् अस्मित चौलागाईंले पनि इन्स्पेक्टर पदमा नाम निकाल्न सफल भएका छन्। चौलागाईंले यस वर्ष प्रकाशित सशस्त्र प्रहरी निरीक्षक पदको नतिजामा १२औँ स्थान हासिल गरेका छन्।

सशस्त्र प्रहरी बलमा कार्यरत चौलागाईंले इन्स्पेक्टर पदको प्रतिस्पर्धाका लागि आवश्यक शैक्षिक योग्यता पूरा गर्दै आवेदन दिएका थिए। आवेदन दिनुअघि नै उनको स्नातक तहको नतिजा सार्वजनिक भएको थियो। योग्यता पूरा भएपछि प्रतिस्पर्धामा सहभागी भएका चौलागाईं अन्ततः इन्स्पेक्टर पदमा नाम निकाल्न सफल भएका हुन्।

श्रीमान्–श्रीमती दुवै एउटै सुरक्षा संगठनमा आबद्ध हुनु र लगातार दुई वर्षमा दुवैले इन्स्पेक्टर पदमा सफलता हासिल गर्नु आफैंमा उल्लेखनीय उपलब्धि हो।

अस्मित र सम्झनाको सफलताले परिवारमा खुसी थपिएको छ। दुवैले सशस्त्र प्रहरी सेवामा हासिल गरेको यो उपलब्धि व्यक्तिगत सफलता मात्र नभई निरन्तर मेहनत, पारस्परिक साथ र लक्ष्यप्रतिको प्रतिबद्धताको उदाहरणका रूपमा समेत हेरिएको छ।

सशस्त्र प्रहरी सेवामा आबद्ध यो दम्पतीको सफलताले सुरक्षा क्षेत्रमा करियर बनाउन चाहने युवाहरूलाई समेत मेहनत र समर्पणका साथ अघि बढ्न प्रेरणा दिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083