इन्स्पेक्टर रामनारायण गुप्ता भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित

169
shares

प्युठान । जिल्ला प्रहरी कार्यालय प्युठानले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रदान गर्दै आएको ‘बेस्ट पुलिस अफ द मन्थ’ सम्मानअन्तर्गत इलाका प्रहरी कार्यालय लुङ्बहानेका कार्यालय प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामनारायण गुप्ता २०८३ साल भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरी अधिकारीले प्रहरी निरीक्षक गुप्तालाई उत्कृष्ट कार्यसम्पादनका आधारमा भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै पुरस्कृत गर्नुभएको हो।

प्रहरी संगठनको जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्दै शान्ति सुरक्षा कायम गर्न तथा प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै गुप्तालाई उत्कृष्ट प्रहरी छनोट गरिएको जनाइएको छ।

उत्कृष्ट प्रहरी घोषित भएसँगै प्रहरी निरीक्षक गुप्तालाई आगामी दिनमा समेत थप जिम्मेवार, अनुशासित र नागरिकमैत्री ढंगले कार्यसम्पादन गर्न हौसला मिल्ने विश्वास गरिएको छ।जिल्ला प्रहरी कार्यालय प्युठानले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्दै उनीहरूको मनोबल उच्च राख्न ‘उत्कृष्ट प्रहरी’ छनोट तथा सम्मान गर्दै आएको जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083