बूढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र जडान सम्पन्न भएका सिसिटिभि क्यामेरा समुद्घाटन कार्यक्रम सम्पन्न
काठमाण्डौ । बूढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र जडान सम्पन्न भएका सिसिटिभि क्यामेरा समुद्घाटन कार्यक्रम भएकाे छ ।
सुरक्षित काठमाण्डौ उपत्यका : हाम्रो प्रतिवद्दता अभियानलाई साकार पार्न प्रविधिमैत्री प्रहरीको अवधारणा बमोजिम काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बूढानीलकण्ठ नगरपालिका बीच उक्त नगरपालिका क्षेत्र भित्र विभिन्न स्थानमा सिसिटिभि क्यामेरा जडान गर्ने अभिप्रायले २०८० साल १ महिना १२ गते बूढानीलकण्ठ नगरपालिकाको सहयोगमा रकम रु. ५,००,००,०००/- (अक्षरेपी पाँच करोड) मा सम्झौता-पत्र Memorandum of Understanding (MoU) सम्पन्न भएकोमा सार्वजनिक खरिद ऐन, २०६३ र खरिद नियमावली, २०६४ बोजिम टेण्डर आह्वान भई जडान गरिएका सिसिटिभि क्यामेराको आज समुद्घाटन कार्यक्रम सम्पन्न भएको हाे ।
काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आइतबार आयोजित एक कार्यक्रम बीच काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा र बूढानीलकण्ठ नगरपालिकाको तर्फबाट नगर प्रमुख मिठाराम अधिकारीले संयुक्त रुपमा सिसिटिभिको समुद्घाटन गर्नुभयो ।
उक्त योजना अन्तर्गत बूढानीलकण्ठ रुट, मानबहादुर मार्ग-चुनिखेल रुट र कपन रुटका ७९ स्थानमा ७ PTZ सहित १७४ FIX सिसिटिभि क्यामेरा गरी जम्मा १८१ थान Artificial Intelligence (AI) मा आधारित सिसिटिभि क्यामेराहरु जडान गरिएका छन् ।
कार्यक्रममा बूढानीलकण्ठ नगर प्रमुख मिठाराम अधिकारीले बूढानीलकण्ठ इलाकामा शान्ति, सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न काठमाण्डौ उपत्यका प्रहरी कार्यालयसँग हातेमालो गर्दै जाने बताउनु भयो । प्रथम चरणको सिसिटिभि जडान कार्यक्रमको सफलतापूर्वक समाप्ति पश्चात पुन: द्वितीय चरणमा समेत सहयोग उपलव्ध गराइने उहाँले जानकारी गराउनु भयो ।
कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले ‘सुरक्षित काठमाण्डौ उपत्यका:हाम्रो प्रतिवद्दता’ अभियानलाई साकार पार्न प्रविधिमैत्री प्रहरीको अवधारणा बमोजिम बूढानीलकण्ठ इलाकामा जडित सिसिटिभि क्यामेराले उक्त इलाकामा शान्ति, सुरक्षाका साथै समग्रमा काठमाण्डौ उपत्यकाको आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आउँदा दिनमा समेत उक्त नगरपालिकासँग सहकार्य गर्दै जाने बताउनु भयो ।
कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका उप-प्रमुख अनिता लामा, प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह, प्रहरी वरिष्ठ उपरीक्षकहरु, वडा अध्यक्षहरु लगायतका पदाधिकारीहरू एवम् प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।
२१ माघ २०८०, आइतवार १४:४० बजे प्रकाशित