निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीद्वारा बाह्य प्रशिक्षकहरुलाई प्रशिक्षक प्रमाणपत्र वितरण तथा आर्म ब्याच (Instructor Arm Batch) सुशोभन कार्यक्रम सम्पन्न
चितवन । निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूबाट बाह्य प्रशिक्षकहरुलाई प्रशिक्षक प्रमाणपत्र वितरण तथा आर्म ब्याच (Instructor Arm Batch) सुशोभन कार्यक्रम सम्पन्न भएकाे छ ।
नेपाल प्रहरीको विभिन्न तालिम प्रदायक निकायहरुबाट सञ्चालन हुने तालिममा एकरुपता कायम गर्नको लागि लागु गरिएको “नेपाल प्रहरीको तालिम सञ्चालन कार्यदेश-२०७९” को परिच्छेद-१७ मा व्यवस्था भए बमोजिम बाह्य प्रशिक्षण सम्बन्धी गतिविधीलाई समयसापेक्ष, वैज्ञानिक एवम् स्तरयुक्त बनाउन बाह्य प्रशिक्षकहरुको क्षमता मापन गर्न २०८०।१०।१८ र १९ गते लिईएको Instructor Proficiency Test (IPT) मा उत्तिर्ण हुनु हुने नेपाल प्रहरी शिक्षालयमा सञ्चालित “कवाज प्रशिक्षक प्रशिक्षण (प्र.ज. देखि प्र.व.ह.) तालिम” छैठौँ समूहमा तालिम प्राप्त २९ जना र यस नेपाल प्रहरी शिक्षालयका ७ जना गरी जम्मा ३६ बाह्य प्रशिक्षकहरुलाई आज मिति २०८०।१०।१९ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीद्वारा प्रमाणपत्र वितरण तथा आर्म व्याचले सुशोभित गर्नु भएकाे थियाे ।
उक्त कार्यक्रममा प्रमुख अतिथि निर्देशकले निर्देशन सम्बोधन गर्नुहुदै प्रशिक्षक आफु Role Model बन्नुपर्ने हुनाले आफुलाई अध्यनशिल बनाउनु पर्ने कुरालाई जोड दिनु भएको थियो ।
२१ माघ २०८०, आइतवार ११:४४ बजे प्रकाशित