त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लब च्याम्पियन

Nepal Life Insurance Long Ad

काठमाडौ । त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लब च्याम्पियन भएकाे छ ।

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लब च्याम्पियन बन्न सफल भएकाे हाे ।

त्रिभुवन आर्मी क्लबले ४९.५ ओभरमा सबै विकेट गुमाएर दिएको १ सय ८१ रनको लक्ष्यलाई पछयाउदै नेपाल पुलिस क्लबले ३७.५ ओभरमा मात्र ४ विकेटको क्षतिमा १ सय ८२ रन बनाउन सफल भइ प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ ।

नेपाल पुलिस क्लबका लागि शंकर रानाले ४३ बलमा सर्वाधिक ६२ रन, अर्जुन साउदले ३६ रन, अमित श्रेष्ठले २८ रन तथा आरिफ शेखले २७ रन बनाएका थिए ।

त्यस्तै बलिंग तर्फ पुलिस क्लबका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिन सफल भए भने सागर ढकाल, करण केसी र कुशल भुर्तेलले एक–एक विकेट लिएका थिए ।

२० माघ २०८०, शनिवार २२:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु