जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख शेखर खनालकाे प्रमुख आतिथ्यतामा जिल्ला स्तरिय लैगिक हिंसा नियन्त्रण सन्जालको बैठक सम्पन्न

6.68K
shares

ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शेखर खनालकाे प्रमुख आतिथ्यतामा जिल्ला स्तरिय लैगिक हिंसा नियन्त्रण सन्जालको बैठक सम्पन्न गरेको छ ।

जिल्ला स्तरिय लैगिक हिंसा नियन्त्रण सन्जालको बैठकमा संजालसँग आवद्ध सरकारी कार्यालय तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, कार्यालयका प्रहरी उपरीक्षक नवराज कार्कीकाे उपस्थिति रहेकाे थियाे ।

साथै उक्त कार्यक्रममा महिला वालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत सि.प्र.अ. जु.‌प्र.अ र अन्य प्रहरी कर्मचारीहरु लगाएतकाे  उपस्थितिमा बसेको बैठकले सन्जालको अर्धवार्षिक कार्ययोजना प्रस्तुतिकरण, छलफलका साथै लैंगिक हिंसा नियन्त्रणको विविध पक्षहरुको बारेमा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुबाट राय सझाव समेत लिई संस्थाहरु बिचको समन्वय र सहकार्यमा जोड दिदै कार्यक्रम सम्पन्न भएकाे थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083