मधेश प्रदेश प्रहरी प्रमुखद्वारा जिल्ला प्रहरी कार्यालय बाराकाे निरीक्षण
बारा । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेलले जिल्ला प्रहरी कार्यालय बाराकाे निरीक्षण एवम् अनुगमन गर्नु भएकाे छ ।
निरीक्षणको सिलसिलामा कार्यालयको हिरासत कक्ष, कार्यालय भवन, विभिन्न शाखाहरू, मेष तथा व्यारेक समेतको निरीक्षण गर्नु भएकाे थियाे ।
साथै बारा जिल्लाको सुरक्षा अवस्था लगायत कार्यालयको बिभिन्न शाखाबाट सम्पादित कार्यहरूको Data सहितको Power Point Presentation मार्फत कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेद्वारा प्रस्तुतिकरण गर्नु भएकाे थियाे । साथै सक्कल दर्जाका प्रहरी कर्मचारीहरुलाई सम-सामयिक र व्यवसायी विषय वस्तुमा अमूल्य निर्देशन दिदै कार्यक्रम सम्पन्न भएकाे थियाे ।
२१ माघ २०८०, आइतवार २२:०० बजे प्रकाशित