नागरिक सनुवाई कार्यक्रम सम्पन्न
वि.सं.२०८० माघ २२ सोमवार १७:०६
shares

काठमाडौ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी जिल्ला प्रहरी कार्यालयको सयुक्त आयोजनामा नागरिक सनुवाई कार्यक्रम सम्पन्न भएकाे छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी मुक्तीराम रिजालको अध्यक्षतामा, प्रमुख अतिथी देवचुली न.पा.का उपप्रमुख पार्वता तिवारी, बिशिष्ट अथिती जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक नरहरी रेग्मी, राष्ट्रिय अनुसन्धानका उप निर्देशक प्रकाश शाह, प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेल, र अन्य अतिथीहरु देवचुली न.पा.का वडा अध्यक्षहरु, संचारकर्मी, विभिन्न क्षेत्र संग सम्बन्धित पदाधिकारी तथा नागरिकहरुको सहभागितामा रहेकाे थियाे ।
उक्त कार्यक्रममा विविध क्षेत्रसँग सम्बन्धित जिज्ञासा, प्रश्न र सुझावहरुलाई निमित्त प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जवाफ दिनु भएकाे थियाे ।





















