कर्णाली प्रदेश प्रहरी कार्यालय केनाईन शाखा सुर्खेतको अनुगमन, निरीक्षण एवम् निर्देशन कार्यक्रम सम्पन्न

4.51K
shares

सुर्खेत । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यले कर्णाली प्रदेश प्रहरी कार्यालय केनाईन शाखा सुर्खेत (हाल कोहलपुर) को समग्र वस्तुस्थिति, सेवारत बिभिन्न अपराध अनुसन्धान र सुरक्षामा खटिदै आएका ६ वटा बिभिन्न प्रजातीका कुकुरहरुको खानपिन, रेखदेख, तालिम, लगायत समग्र व्यवस्थापनको अनुगमन तथा निरीक्षण सम्पन्न गर्नु भएको छ ।

निरीक्षण पश्चात केनाईन शाखामा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई संगठनको नीति, निर्देशन अनुरुप आफ्नो ज्ञान, वुद्धि विवेकको प्रयोग गरी अपराध अनुसन्धान एवम् सुरक्षार्थ खटिने कुकुरहरुको स्वास्थ्य, गुणस्तरीय खानपिन, समयमै परिचालन गर्न एवम् अनुशासित, ईमान्दार तथा लगनशील भई दिएको जिम्मेवारी उच्च मनोबलताका साथ पुरा गर्न आवश्यक निर्देशन दिनु भएको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083