खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

5.24K
shares

रुपन्देही । जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं.१५ कोटिहवा रुपन्देही स्थित नेपाल अविनाश अनाथ आश्रममा नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा उक्त आश्रममा संरक्षित १९ जना बालबालिकाहरुका लागि “खाद्यन्न तथा शैक्षिक सामाग्री वितरण र संरक्षित बालबालिकाहरुसँगै खाना खाने कार्यक्रम” सम्पन्न भएको छ ।

नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कँवरकाे प्रमुख आतिथ्यमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशका अध्यक्ष निलम कडायत, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक भरत बहादुर बि.क., नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाई, नेपाल अविनाश अनाथ आश्रमका अध्यक्ष कृष्ण ज्ञवाली लगायत नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशका पदाधिकारीहरु तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083