मधेश प्रदेश प्रहरी प्रमुखद्वारा भर्चुअल माध्यमद्वारा निर्देशन

3.51K
shares

जनकपुर । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञ बिनोद पोखरेलले भर्चुअल  माध्यमद्वारा निर्देशन सम्बोधन गर्नु भएकाे छ ।

मधेश प्रदेश प्रहरी प्रमुख यज्ञ बिनोद पोखरेलले मातहत कार्यालयका कार्यालय प्रमुखहरुलाई सम-सामयिक विषयमा आज निर्देशन सम्बोधन गर्नु भएकाे हाे ।

निर्देशन सम्बोधनको क्रममा उहाँले लागू औषध नियन्त्रण गर्ने, ट्राफिक नियमको उल्लङ्घनलाई निरुसाहित गर्न कडाईका साथ कारवाही गर्ने, अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानमा लैङ्गीक हिंसा एंव महिला बालबालिका तथा जेष्ठ नागरिक बिरुद्ध हुने हिंसाहरुको तदारुकताका साथ अनुसन्धान तथा कारवाही गर्न निर्देशन दिनु भयाे ।

साथै कार्यालय संचालन व्यवस्थापनलाई चुस्त दुरुस्त बनाई गैह्र व्यवसायिक र प्रहरी आचरण विपरितका कुनै पनि गतिविधीमा संलग्न नभई उच्च मनोवलका साथ त्रुटीरहित ढंगबाट प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिनु भएको थियाे ।


Mitsubishi Long Ad