प्रहरी अतिरीक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा “Panel Discussion” कार्यक्रम सम्पन्न

4.46K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरीक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा “Panel Discussion” कार्यक्रम सम्पन्न भएकाे छ ।

२०८० पाैष २९ गते देखि राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठनमा सञ्चालित २४ दिने कार्य अवधिको “विशिष्ट व्यक्तिको सुरक्षा (सि.प्र.अ.) तालिम” ६४ औं समूहको विशिष्ट व्यक्तिको सुरक्षामा अहम् भुमिका निर्वाह गर्ने सरोकारवाला निकायहरूसँगको “Panel Discussion” कार्यक्रम आज सम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रममा अतिथिहरु गृह मन्त्रालयका प्रवक्ता सह-सचिव नारायण प्रसाद भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक प्रजेश सिंह हमाल, नेपाली सेना अति विशिष्ट व्यक्तिको सुरक्षा निर्देशनालयका महासेनानी अच्यूतम भण्डारीको उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा Panelist हरुद्वारा विशिष्ट व्यक्तिको सुरक्षाको वर्तमान अवस्था र चुनौतीहरुबारे जानकारी गराई प्रशिक्षार्थीहरुबाट प्रस्तुत जिज्ञासाहरुको समेत सम्बोधन गर्नुभएको थियो । उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले र सह-संयोजक प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकीले सहजीकरण गर्नु भएको थियो ।


divya collage
unigloble collage