“जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव विरुद्ध” सचेतनामूलक फ्लेक्स हस्तान्तरण कार्यक्रम सम्पन्न

3.74K
shares

पोखरा । जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव विरुद्ध काम सचेतनामुलक कार्यक्रमहरु गरिरहेको संस्था ‘आवाज’ ले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरालाई जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव विरुद्ध सचेतनामूलक फ्लेक्स हस्तान्तरण गरेको छ ।

जातीय तथा अन्य भेदभावका आधारमा हुन सक्ने कसुर र उक्त कसुर गरेमा हुनसक्ने सजाँय र कानुनी सचेतना उल्लेख गरीएका ११ ओटा फ्लेक्स संस्थाका अध्यक्ष प्रकाश सुनार तथा अन्य पदाधिकारीहरुले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक बिकासराज खनाललाई एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रहरी नायव महानरीक्षक खनालले गण्डकी प्रदेशमा जातीय तथा अन्य भेदभावका घटनाहरु भएमा शुन्य सहनशिलताका साथ कानुनी दायरामा ल्याउन सम्पुर्ण जिल्ला प्रहरी कार्यालयहरुलाई निर्देशन गरिएकोमा संस्थाले सहयोग गरेका जनचेतनामुलक सामग्रीले कार्यक्रमलाई थप उर्जा प्रदान भएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवण कुमार बि.कको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्मा लगायत सिनियर प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।