रामग्राम स्तुप क्षेत्रको विकास र संरक्षणका गर्न निजी क्षेत्रलाई दिने समझारी(MOU)खारेज गर्न निर्देशन

9.4K
shares

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले वुद्धको अस्तिधातु रहेको रामग्राम स्तुप क्षेत्रको विकास र संरक्षणका लागि निजी क्षेत्रसँग गर्न लागिएको समझारी खारेज गर्न निर्देशन दिएको हो।

  • तत्कालीन लुम्बिनी विकास कोष उपाध्यक्ष अवधेशकुमार त्रिपाठी

वर्षौं देखी विकासको पर्खाइमा रहेको रामग्राम स्तुप क्षेत्रको विकास गर्न निजि क्षेत्रको लगानी आकर्षित गर्ने गरि तयारी गरिएको भद्र-सम्झारी पत्र (MOU) लाई आइतबार बसेको संसदीय समितिको बैठकले खारेज गर्न निर्देशन दिएको हो ।प्रमिस ल्याण्डलाई रामग्राम क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धन गर्न अनुरोध गरेको पत्र:-

तत्कालीन लुम्बिनी विकास कोषका उपाध्यक्ष त्रिपाठीले प्रमिसल्याण्डलाई रामग्राम स्तुप क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धनको लागि अनुरोध गरि प्रक्रिया अगाडी बढाएको पत्र।

 

गौतम बुद्धको अष्टधातु राखिएको विश्वकै एकमात्र सुरक्षित स्थान रामग्रामको विकास, संरक्षण र प्रवर्द्धनको अभावमा ओझेलमा परेको भन्दै यस अघि २०८०जेठ २८ गते लुम्बिनी विकास कोषका पुर्व उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले प्रमिस ल्याण्डलाई पत्र नै लेखेर रामग्राम क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धन गर्न प्रक्रिया अगाडि बढाएका थिए।

भद्र-समझारी पत्र(MOU):-

रामग्राम स्तुप क्षेत्रको विकास र संरक्षणका लागि निजी क्षेत्रसँग गर्न लागिएको भद्र-समझारी पत्र (MOU)

उक्त प्रक्रिया अनुसार गत असोज २१ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा बसेको लुम्बिनी विकास कोषको कार्यकारिणी समितिको बैठक बाट प्राप्त निर्देशन अनुसार लुम्बिनी विकास कोषको सचिवालयको बैठक बाट रामग्राम स्तुप क्षेत्रको विकास र संरक्षणका लागि निजी क्षेत्रसँग भद्र समझदारी(MOU) गरिएको थियो र उक्त समझदारी पत्र(MOU) खारेज गर्न आइतबार बसेको संसदीय समितिको बैठकले निर्देशन दिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083